Home Bibles उपदेशक 12:13 · नेपाली बाइबल
उपदेशक 12:13 · नेपाली बाइबल

अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान।

Cross references

उत्पत्ति 22:12

स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

व्यवस्था 4:2

मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

व्यवस्था 4:10

होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’

व्यवस्था 6:2

सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।

व्यवस्था 10:12

“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।

व्यवस्था 10:20

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

1 राजा 2:3

अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।

अय्यूब 28:28

अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”

भजनसंग्रह 111:10

ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

भजनसंग्रह 115:13

महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।

भजनसंग्रह 145:19

परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।

भजनसंग्रह 147:11

परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।

हितोपदेश 1:7

परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूलेअनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

हितोपदेश 19:23

परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।

हितोपदेश 23:17

पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।

उपदेशक 2:3

तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किन कि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजून्।

उपदेशक 3:14

म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।

उपदेशक 5:7

धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

उपदेशक 6:12

कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।

उपदेशक 8:12

एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।

मीका 6:8

हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

लूका 1:50

जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।

1 पत्रुस 2:17

सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

प्रकाश 19:5

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”

Interlinear

Choose Theme