Home Bibles ☰ Books भजनसंग्रह 34:13 · नेपाली बाइबल
भजनसंग्रह 34:13 · नेपाली बाइबल

तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।

Cross references

अय्यूब 15:13

जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।

भजनसंग्रह 39:1

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”

भजनसंग्रह 55:11

यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।

भजनसंग्रह 141:3

हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता दिनुहोस्। म के भन्छु त्यस विषयमा होशियार हुन सहायता गर्नुहोस्।

हितोपदेश 12:7

दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।

हितोपदेश 12:19

जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

हितोपदेश 12:22

परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

हितोपदेश 13:3

एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।

हितोपदेश 18:21

आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

हितोपदेश 19:9

एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

हितोपदेश 21:23

जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

यशैया 63:8

परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

आमोस 5:14

नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ।

मत्ती 12:35

असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।

Interlinear

Choose Theme