Home Bibles भजनसंग्रह 34:13 · नेपाली बाइबल
भजनसंग्रह 34:13 · नेपाली बाइबल

तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।

Cross references

अय्यूब 15:13

जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ तिमी परमेश्वरको विरूद्धमा छौ।

भजनसंग्रह 39:1

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”

भजनसंग्रह 55:11

यदि यो शत्रु भएको भएता, म हेलाँ गरेको पनि सहन सक्थें। यदि यो मेरो शत्रु भएता म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।

भजनसंग्रह 141:3

हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता दिनुहोस्। म के भन्छु त्यस विषयमा होशियार हुन सहायता गर्नुहोस्।

हितोपदेश 12:7

दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।

हितोपदेश 12:19

जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

हितोपदेश 12:22

परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

हितोपदेश 13:3

एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।

हितोपदेश 18:21

आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

हितोपदेश 19:9

एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

हितोपदेश 21:23

जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

यशैया 63:8

परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

आमोस 5:14

नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ।

मत्ती 12:35

असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। हृदयमा थुपारेको यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ।

कलस्सी 3:9

तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।

याकूब 1:19

मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

याकूब 1:26

कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।

याकूब 3:2

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।

याकूब 3:5

हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।

1 पत्रुस 2:1

यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।

1 पत्रुस 2:22

“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।”

प्रकाश 14:4

यी एक लाख चवालीस हजार मानिसहरु जसले स्त्रीहरुसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरुले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरुबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरु नै पहिलो मानिसहरु थिए।

Interlinear

Choose Theme