हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।
Cross references
तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”
तर परमेश्वरले मलाई आशीर्वाद दिनु हुनेछ। उहाँले दाऊदको राज्यलाई सँधै नै सुरक्षित राख्ननु हुनेछ।”
ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”
हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमाछोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।
हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु।
कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ।
अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”
हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।
मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ। किन? किनभने यो सियोनमा थियो, जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’
म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।