हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?
Cross references
हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।
हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?”अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”
अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।”हामान, राजा अनि रानी समक्ष भयभित भए।
यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ, किन तपाईंले मलाई त्यग्नु भयो? किन तपाईंले मलाई देखाउनु भएन कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।
हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?
कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ?
हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।
हे परमप्रभु, म निरन्तर तपाईंसंग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसंग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन?
मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!”
यी आत्माहरुले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरुको न्याय गर्नमा अनि उनीहरुलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?”