Home Bibles यशैया 37:10 · नेपाली बाइबल
यशैया 37:10 · नेपाली बाइबल

“तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छतिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन्। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।”

Cross references

2 राजा 18:5

हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।

2 राजा 19:10

यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”

2 इतिहास 32:7

तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सूर्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।

2 इतिहास 32:15

हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘

भजनसंग्रह 22:8

तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”

यशैया 36:4

कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, ‘महाराज, अश्शूरका राजाले यसो भन्छन् भनतिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ?

यशैया 36:15

हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, ‘परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।’

यशैया 36:20

के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?”

इजकिएल 35:13

तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।”

मत्ती 27:43

उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”

Interlinear

Choose Theme