Home Bibles भजनसंग्रह 22:19 · नेपाली बाइबल
भजनसंग्रह 22:19 · नेपाली बाइबल

हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्।

Cross references

भजनसंग्रह 10:1

हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।

भजनसंग्रह 18:1

उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”

भजनसंग्रह 21:1

हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।

भजनसंग्रह 22:11

यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।

भजनसंग्रह 40:13

हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!

भजनसंग्रह 40:17

27हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ, मलाई सहायता गर्नुहोस्। मलाई रक्षा गर्नु होस्। हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

भजनसंग्रह 69:13

तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहुन्छ। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहुन्छ, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नुसक्छु।

भजनसंग्रह 70:5

हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!

Interlinear

Choose Theme