Home Bibles भजनसंग्रह 69:13 · नेपाली बाइबल
भजनसंग्रह 69:13 · नेपाली बाइबल

तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहुन्छ। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहुन्छ, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नुसक्छु।

Cross references

उत्पत्ति 24:27

त्यसले भने, परमप्रभु मेरा मालिकका परमेशवर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”

1 शमूएल 25:8

तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”

एस्तर 5:2

जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्।

एस्तर 5:6

राजाले दाखरस पिउँदै गर्दा एस्तरलाई भने। “तिमीले के माग्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छेऊ त्यो दिइने छ। अनि तिमी जे पनि माग्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।”

एस्तर 7:2

दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”

भजनसंग्रह 32:6

यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।

भजनसंग्रह 40:10

हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिन। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइन।

भजनसंग्रह 51:1

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।

भजनसंग्रह 55:16

म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!

भजनसंग्रह 91:15

मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

भजनसंग्रह 98:3

परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।

यशैया 49:8

परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।

यशैया 55:6

यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।

विलाप 3:63

जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।

मीका 7:20

तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो। 

मत्ती 26:36

त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”

लूका 1:72

उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।

लूका 22:44

येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।

यूहन्ना 17:1

यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।

प्रेरित 13:32

हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।

रोमी 15:8

म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।

2 कोरिन्थी 6:2

परमेश्वर भन्नु हुन्छः“ठीक समयमा मैले तिमीलाई सुनें अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” यशैया 49:8तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।

हिब्रू 5:7

जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।

1 पत्रुस 2:23

मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।

Interlinear

Choose Theme