यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
Cross references
परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।
हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?
हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्। मलाई छाडेर नजानुहोस्।
हे परमप्रभु, मलाई त्यागी नजानुहोस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो।
आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!
हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”
तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।
पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”
तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो।
ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।