Home Bibles भजनसंग्रह 22:18 · नेपाली बाइबल
भजनसंग्रह 22:18 · नेपाली बाइबल

ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।

Cross references

मत्ती 27:35

तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरुले येशूको लुगाफाटा आपसमा बाढनलाई चिट्ठा हाले।

मर्कूस 15:24

तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।

लूका 23:34

येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।

यूहन्ना 19:23

क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो।

Interlinear

Choose Theme