हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो।
Cross references
यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।
मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।
जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।
हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
त्यहाँ उभिने कुनै ठाउँ छैन। म तल-तल दलदलमा भाँसिदैछु। म गहिरो पानी भित्र छु, अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्।
दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।
“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।
जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।
मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”
“तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरु थिए। तपाईंका भयंकर छालहरुले मलाई डुबायो।
तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।
तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरु, भिन्न-भिन्न वंशहरु, राष्ट्रहरु अनि भाषाहरु, हुन्।