Home Bibles भजनसंग्रह 13:1 · नेपाली बाइबल
भजनसंग्रह 13:1 · नेपाली बाइबल

हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?

Cross references

व्यवस्था 31:17

त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’

अय्यूब 13:24

हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ? अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?

भजनसंग्रह 6:3

मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?

भजनसंग्रह 10:12

हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती’ पापीहरूलाई दण्ड दिनु होस् असहायहरूलाई नबिर्सनु होस्।

भजनसंग्रह 22:1

हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!

भजनसंग्रह 35:17

मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका? तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्। परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्। मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।

भजनसंग्रह 44:24

परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?

भजनसंग्रह 74:1

हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?

भजनसंग्रह 80:4

परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?

भजनसंग्रह 85:5

के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?

भजनसंग्रह 89:46

कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ?

भजनसंग्रह 90:14

प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बाँचौं।

भजनसंग्रह 94:3

हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?

यशैया 59:2

तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।

विलाप 5:20

हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।

Interlinear

Choose Theme