Home Bibles ☰ Books यशैया 63:5 · नेपाली बाइबल
यशैया 63:5 · नेपाली बाइबल

“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”

Cross references

भजनसंग्रह 44:3

हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!

भजनसंग्रह 94:16

कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाई गर्न उभिएनन्।

भजनसंग्रह 98:1

परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।

भजनसंग्रह 107:12

परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरूठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।

यशैया 40:10

परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि पुरस्कार ल्याउनु हुनेछ।

यशैया 41:28

मैले ती झूटा देवताहरूमा हेरें। तिनीहरू केही भन्नलाई कोही पनि बुद्धिमानी थिएनन्। मैले तिनीहरूलाई प्रश्नहरू गरें तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।

यशैया 50:2

म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।

यशैया 51:9

जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।

यशैया 52:10

परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

यशैया 59:16

परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

यशैया 63:3

उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।

होशे 1:7

बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।

Interlinear

Choose Theme