ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”
Cross references
“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।
“अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ।
शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ।
शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।
उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
अब बलियो र सहासी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।
दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडासुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेटून आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”
किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’
पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले र्हषित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”
तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ। र भन, ‘परमप्रभु यस्तै भन्नुहुन्छ तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्के।”
तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।
सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।
तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”
अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार थिए।
त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस्।
हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।
हे सारा मानिसहरू हो ताली बजाऊ! परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ।
समुद्र र पृथ्वीले र त्यहाँ भएका प्रत्येक कुराले जोडले गाओस्।
म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”
“करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”
तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।
दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्।
केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’
तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहुदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।”
यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।
अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ।