Home Bibles ☰ Books भजनसंग्रह 16:10 · नेपाली बाइबल
भजनसंग्रह 16:10 · नेपाली बाइबल

किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमाछोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।

Cross references

लेवी 19:28

मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउन्। म परमप्रभु हुँ।

गन्ती 6:6

“जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।

व्यवस्था 32:22

मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

अय्यूब 11:8

माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।

भजनसंग्रह 9:17

मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।

भजनसंग्रह 49:15

तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!

भजनसंग्रह 139:8

हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।

हितोपदेश 15:11

परमप्रभुले प्रत्येक कुरा जान्नु हुन्छ, मृत्युको संसार नै उहाँको सामुन्ने रहेकोछ। यसर्थ मानिसको हृदयमा के छ उहाँ सबै जान्नु हुन्छ।

हितोपदेश 27:20

जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।

यशैया 5:14

तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।

यशैया 14:9

पातल उत्तैजित छ किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउछ पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।

दानियल 9:24

“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

Interlinear

Choose Theme