हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
Cross references
अहँ, मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।
अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।