हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
Cross references
“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुञ्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्।
तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?
म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्! परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्! हे परमेश्वर, ती’ पापीहरूलाई दण्ड दिनु होस् असहायहरूलाई नबिर्सनु होस्।
अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
परमप्रभुको जय होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्। मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!
परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।