हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ। तपाइँले मलाई जवाफ दिनुभयो। यसैले अब मेरो कुरा सुन्नु होस्।
Cross references
यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
म परमेश्वरसँग बिहान, दिउसो र बेलुकी कुरा गर्दछु। मेरो अस्तव्यस्त उहाँलाई बताउँछु। अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
परमप्रभु, म मेरो संकटको समयमा तपाईंलाई प्रार्थना गर्दछु, म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।
हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।
तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”
“अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।