Home Bibles ☰ Books भजनसंग्रह 60:5 · नेपाली बाइबल
भजनसंग्रह 60:5 · नेपाली बाइबल

तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्। मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!

Cross references

प्रस्थान 15:6

“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।

व्यवस्था 7:7

किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ।

व्यवस्था 33:3

हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुसरण गर्छन्।

व्यवस्था 33:12

“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”

भजनसंग्रह 17:7

हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।

भजनसंग्रह 18:35

परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।

भजनसंग्रह 20:6

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।

भजनसंग्रह 22:8

तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”

भजनसंग्रह 60:12

अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।

भजनसंग्रह 71:20

यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।

भजनसंग्रह 74:11

हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।

भजनसंग्रह 75:9

म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु। म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।

भजनसंग्रह 108:6

हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई त्यसो गर्नुहोस्। मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस अनि तपाईंको महान् शक्ति बचाउनलाई प्रयोग गर्नुहोस्।

Interlinear

Choose Theme