Home Bibles ☰ Books भजनसंग्रह 57:3 · नेपाली बाइबल
भजनसंग्रह 57:3 · नेपाली बाइबल

स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

Cross references

गन्ती 23:24

मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”

अय्यूब 31:31

मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।

भजनसंग्रह 18:6

म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।

भजनसंग्रह 40:11

यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

भजनसंग्रह 43:3

हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।

भजनसंग्रह 56:1

हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।

भजनसंग्रह 61:7

उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।

भजनसंग्रह 138:8

परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

भजनसंग्रह 144:5

हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।

यशैया 26:12

परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।

मीका 3:2

तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरुले तिनीहरुका हड्डीहरुबाट मासु निकाल्दछौ।

मत्ती 28:2

त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

Interlinear

Choose Theme