परमेश्वरले हामी हारेको बेलामा संम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
Cross references
नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।
परमेश्वरले जिउँदै छाडनु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन।
किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।