“हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
Cross references
ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।
त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे।
तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोडने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”
राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे
राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए।
अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए।
“म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफै युद्धभूमिमा जानुहोस्।
हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
“दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्व हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्।
सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”