तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सँधै नै तयार हुन्छन्।
Cross references
जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।
यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।
जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
किन? किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू सधैं लुक्छन् अनि जसरी पनि मलाई मार्ने मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्!
हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।
कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु ढल्न तयार भएको बार हुँ।
एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काँउदछन्। तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्। तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।