Home Bibles भजनसंग्रह 38:12 · नेपाली बाइबल
भजनसंग्रह 38:12 · नेपाली बाइबल

मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।

Cross references

2 शमूएल 16:7

शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।

2 शमूएल 17:1

अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु।

अय्यूब 19:13

परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

भजनसंग्रह 10:9

तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन् जसले जनावर पक्रेर खान्छ। तिनीहरूले असहाय मानिसहरूमाथि आक्रमण गर्दछन्। गरीब मानिसहरू दुष्टहरूले बनाएका पासोमा फँस्दछन्।

भजनसंग्रह 31:12

मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।

भजनसंग्रह 35:4

कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।

भजनसंग्रह 35:20

मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।

भजनसंग्रह 41:5

मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”

भजनसंग्रह 54:3

विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

भजनसंग्रह 62:3

कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ? म ढल्की सकेको भित्ता जस्तो छु ढल्न तयार भएको बार हुँ।

भजनसंग्रह 64:2

मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।

भजनसंग्रह 69:9

तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।

भजनसंग्रह 88:9

मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।

भजनसंग्रह 119:110

दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।

भजनसंग्रह 140:5

ती अंहकारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिंजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे।

भजनसंग्रह 141:9

दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।

हितोपदेश 19:7

गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।

लूका 20:19

येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।

Interlinear

Choose Theme