Home Bibles ☰ Books होशे 7:6 · नेपाली बाइबल
होशे 7:6 · नेपाली बाइबल

ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।

Cross references

1 शमूएल 19:11

शाऊलले दाऊदको घरमा मानिस पठाए! मानिसहरूले दाऊदको घरलाई पहरा दिए। तिनीहरू रातभरी त्यही बसे। बिहानी पख दाऊदलाई मारौंला भने। तर दाऊदकी पत्नी मीकलले उसलाई सावधानी गराउँदै भनिन्, “आज राती भाग्नु होस् र आफ्नो ज्यान बचाउँनु होस्। यदि भाग्नु भएन भने भोलि विहान तपाईं मारिनु हुनेछ।”

2 शमूएल 13:28

तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

भजनसंग्रह 10:8

ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।

भजनसंग्रह 21:9

हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।

हितोपदेश 4:16

दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

होशे 7:4

तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले तातो पारेका तावा जस्तै छन्। त्यसले पीठो मुछेको समयदेखि त्यो रोटी नपाकुन्जेल आगो चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।

होशे 7:7

तिनीहरू सबै चुलो झैं तातिन्छन् र आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिए। तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”

मीका 2:1

मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।

Interlinear

Choose Theme