Home Bibles हितोपदेश 12:20 · नेपाली बाइबल
हितोपदेश 12:20 · नेपाली बाइबल

ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन।

Cross references

भजनसंग्रह 119:118

हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किन? किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।

हितोपदेश 12:12

दुष्ट मानिस सधैं दुष्टयाई कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।

हितोपदेश 26:24

द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

यशैया 9:6

कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”

यर्मिया 17:16

परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट भागेर गईन्। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको मैले अघि के भनेको थिएँ यो तपाईंको सामु छ।

दानियल 11:27

ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ।

जकरिया 6:13

हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

मत्ती 5:9

धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।

मर्कूस 7:21

सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या

मर्कूस 12:14

फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

रोमी 1:29

तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।

हिब्रू 12:14

सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

1 पत्रुस 3:8

यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।

Interlinear

Choose Theme