Home Bibles ☰ Books भजनसंग्रह 129:6 · नेपाली बाइबल
भजनसंग्रह 129:6 · नेपाली बाइबल

ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।

Cross references

उत्पत्ति 41:23

अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।

2 राजा 19:26

शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।

भजनसंग्रह 37:2

दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्।

भजनसंग्रह 92:7

दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।

यशैया 37:27

त्यस शहरहरूमा शक्ति थिएन तिनीहरू भयभीत र अन्योलमा थिए। तिनीहरू खेतमा भएका घाँस र पालुवाहरू जस्ता काटिन लागेका थिए। तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।

यर्मिया 17:5

परमप्रभुले यी कुराहरू भन्नुभयो “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।

मत्ती 13:6

तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।

Interlinear

Choose Theme