शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।
Cross references
अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।
परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”
एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो। म सुक्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।
एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”
यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘
हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।
बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”