Home Bibles मत्ती 13:6 · नेपाली बाइबल
मत्ती 13:6 · नेपाली बाइबल

तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढदै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।

Cross references

यशैया 49:10

मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।

मत्ती 7:26

तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।

मत्ती 13:21

तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।

लूका 8:13

तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

एफिसी 3:17

तिमाहरुको विश्वासको कारणले ख्राष्ट तिमीहरुको हृदयमा बसून् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरुले पउन्।

कलस्सी 1:23

तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।मण्डलीको लागि पावलको काम

कलस्सी 2:7

तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

याकूब 1:11

सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

प्रकाश 7:16

तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।

Interlinear

Choose Theme