अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।
Cross references
अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए।
शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।
ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।
तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।
एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।
इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ तर पूर्वीय बतास आउनेछ। परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ अनि इस्राएलको कुवाहरू सुक्ने छन्। त्यसको पानीको मूल सुख्नेछ। त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।