परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
Cross references
मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।
परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।
शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।
तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।