Home Bibles ☰ Books भजनसंग्रह 90:8 · नेपाली बाइबल
भजनसंग्रह 90:8 · नेपाली बाइबल

तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।

Cross references

लेवी 4:23

अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।

लेवी 4:28

अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै भुत्लो भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।

अय्यूब 10:14

यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।

अय्यूब 34:21

मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।

भजनसंग्रह 10:11

यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”

भजनसंग्रह 19:12

हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।

भजनसंग्रह 50:21

यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।

भजनसंग्रह 80:16

तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्। तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।

भजनसंग्रह 109:15

भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।

भजनसंग्रह 139:1

हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।

हितोपदेश 5:21

परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

उपदेशक 12:14

किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ। 

यर्मिया 2:22

तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।

Interlinear

Choose Theme