परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरूठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
Cross references
धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।
अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
पलिश्ती मानिसहरूले शिमशोनलाई पक्वे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।
शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।
इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”
जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।
भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।
परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।
म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”