Home Bibles ☰ Books प्रस्थान 5:18 · नेपाली बाइबल
प्रस्थान 5:18 · नेपाली बाइबल

अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”

Cross references

2 इतिहास 10:11

मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”‘

उपदेशक 4:1

मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।

इजकिएल 18:18

उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।

दानियल 2:9

जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।”

Interlinear

Choose Theme