परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।
Cross references
तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।
पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए।
परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो र पानी जति सबै पन्छियो यसैले हामीले समुद्रको फेदलाई देख्न र धर्तीको आधारलाई देख्न सक्ने भयौं।
म उसमा आत्मा समावेश गराउँदैछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।”‘
परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।
परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।
“तिमी कहाँथियौ जब मैले पृथ्वी सृष्टि गरे? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो, घोडसवारहरू र घोडाहरू मरे।
त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो अनि पृथ्वी काम्न थाल्यो र थर्थर भयो।
तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।
परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई धपाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला उ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुटनु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्।
हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।
धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।
परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।
म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो।
परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।