तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
Cross references
लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूखा जमीनमा हिंडेर जानेछन्।
इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।
त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन। यसरी तिम्रो अंहकारी छालहरू रोकिनेछ।’
जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।
परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ, जब त्यसका छालहरू उठ्छन्, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।
परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
उहाँले समुद्रको सिमाना तोक्दा उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।
येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”
येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।