उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
Cross references
राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्। त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।
किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।
दुष्ट मानिसहरू सधैं अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।
अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।
दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।
त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।