तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्। तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्। तिनीहरू क्रोधित छन छाल उठेका समुद्र जस्ता त्यसले हिलो माटोहरू उछिटाउँछ। मेरा परमेश्वर भन्नुहुन्छ,
Cross references
अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”
दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।
परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।
तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”
यो सन्देश दमिशक शहरसित सर्म्पकित छ“हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।
यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।