तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
Cross references
तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।
तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!
परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।
किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।
तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू र्चकिएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ।
त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन हुनु सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन।
मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।