त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।
Cross references
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताख्दछन्।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्।
तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।
“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।
मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।
यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ जब त्यहाँ प्रशस्त मद हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरु चाहन्छन्।
यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।
त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो।
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”