कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुसरण गर्न छोडे। तिनीहरूले परमप्रभु संग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”
Cross references
“परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।
परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।
के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने। मेरो परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।
कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्।
दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।
इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौगो भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।
परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।
परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।
“याकूब, तिमीले मेरो पुकारा गरेनौ। किन? किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ।
“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।