Home Bibles भजनसंग्रह 82:5 · नेपाली बाइबल
भजनसंग्रह 82:5 · नेपाली बाइबल

“तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”

Cross references

अय्यूब 8:9

हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।

भजनसंग्रह 11:3

के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने! तब असल मानिसहरूले के गर्नु पर्ला?

भजनसंग्रह 14:4

दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्।

भजनसंग्रह 53:4

परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्। तिनीहरूले मलाई प्रार्थना गर्दैनन्। दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

भजनसंग्रह 75:3

यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन् र धराशायी हुन तयार छ, तर म यसलाई स्थिरपार्छु।”

भजनसंग्रह 99:1

परमप्रभु नै राजा हुनुहुन्छ। यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ।

हितोपदेश 1:29

म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ।

हितोपदेश 2:13

यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।

हितोपदेश 4:19

दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।

उपदेशक 2:14

यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अध्याँरामा हिड्ंने मानिस जस्तै हो। तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्।

उपदेशक 3:16

यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

यशैया 5:7

सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो।परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।

यशैया 59:9

सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।

मीका 3:1

फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।

यूहन्ना 3:19

मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।

यूहन्ना 12:35

तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

रोमी 1:28

परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।

2 तिमोथी 2:19

तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”

1 यूहन्ना 2:11

तर मानिस जसले आफ्ना भाइहरुलाई घृणा गर्छ तब उ अन्धकारमा हुन्छ। त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।

Interlinear

Choose Theme