हितोपदेश 14:33 · नेपाली बाइबल
ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
Cross references
हितोपदेश 12:16
एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।
हितोपदेश 12:23
एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।
हितोपदेश 13:16
प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
हितोपदेश 15:2
ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
हितोपदेश 15:28
एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
हितोपदेश 29:11
मूर्ख मानिसले आफ्नो रिस थाम्दैन। तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।
उपदेशक 10:3
मूर्ख बाटोमा हिडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।