प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
Cross references
तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्।
यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”
तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख”, भए जस्तो उ पनि मूर्ख नै छ।
मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।
ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दप्रद बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।
जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।
मूर्ख बाटोमा हिडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुग्याउँदछ।
“हेर मेरो दासलाई। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।
“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुर झैं सोझो बन।
सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।