Home Bibles ☰ Books हितोपदेश 1:26 · नेपाली बाइबल
हितोपदेश 1:26 · नेपाली बाइबल

यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।

Cross references

व्यवस्था 28:63

“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।

न्यायकर्ता 10:14

तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”

भजनसंग्रह 2:4

तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।

भजनसंग्रह 37:13

तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।

हितोपदेश 3:34

यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

हितोपदेश 6:15

तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

हितोपदेश 10:24

दुष्ट मानिसहरू जे कुरामा डराउनछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।

हितोपदेश 12:8

मानिस आफ्नो भलो बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।

हितोपदेश 19:29

जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

लूका 14:24

मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसंग भोज चाख्न पाउने छैन।”‘

Interlinear

Choose Theme