मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसंग भोज चाख्न पाउने छैन।”‘
Cross references
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
“त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्।
“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।
तब तिमीहरूको घर पनि उजाड बनाइनेछ।
मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।
जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”
मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?