Home Bibles हितोपदेश 12:8 · नेपाली बाइबल
हितोपदेश 12:8 · नेपाली बाइबल

मानिस आफ्नो भलो बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।

Cross references

उत्पत्ति 41:39

यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।

1 शमूएल 2:30

“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।

1 शमूएल 13:13

शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।

1 शमूएल 16:18

एउटा नोकरले भन्यो, “एउटा यिशै नाउँका मानिस छन्। बेतलेहेममा बस्छन्। मैले देखेको छु यिशैको छोरा। उसले कसरी वीणा बजाउनु पर्छ जान्दछ। उ साह्रै वीर र युद्ध गर्न जान्दछ। उ साह्रै फुर्तिलो र सुन्दर छ। परमप्रभु पनि उसैको साथ हुनुहुन्छ।”

1 शमूएल 18:30

पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।

1 शमूएल 25:17

यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”

भजनसंग्रह 132:18

म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”

हितोपदेश 1:26

यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।

हितोपदेश 3:35

ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

हितोपदेश 5:23

एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।

उपदेशक 8:1

ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।

दानियल 12:2

अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।

मलाकी 2:8

परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसंग गरेको करारभङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

मलाकी 2:9

“तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”

मत्ती 27:4

यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”

लूका 12:42

प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।

लूका 16:8

पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

प्रेरित 12:23

हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र भित्रै कीराले खायो अनि मरे।

1 कोरिन्थी 3:10

परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।

1 कोरिन्थी 4:5

यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

2 कोरिन्थी 10:18

किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैलाई असल मान्छ।

Interlinear

Choose Theme