Home Bibles ओबदिया 1:15 · नेपाली बाइबल
ओबदिया 1:15 · नेपाली बाइबल

सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।

Cross references

न्यायकर्ता 1:7

तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

एस्तर 9:25

तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।

भजनसंग्रह 110:5

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।

भजनसंग्रह 137:8

हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

यर्मिया 9:25

यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

यर्मिया 12:14

यसकारण परमप्रभु भन्नुहुन्छ “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।

यर्मिया 25:15

परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।

यर्मिया 49:12

परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।”

यर्मिया 50:29

काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।

विलाप 4:21

एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

इजकिएल 30:3

त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।

इजकिएल 35:15

तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

योएल 1:15

त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।

योएल 3:7

तिमीहरुले मेरा मानिसहरुलाई तिनीहरुका देशबाट टाढा पठायौ। तर म तिनीहरुलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरुले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।

योएल 3:11

हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।

मीका 5:15

त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।”

हबकूक 2:8

तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।

जकरिया 14:14

त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसंग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्।

मत्ती 7:2

जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।

याकूब 2:13

यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।

Interlinear

Choose Theme