तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”
Cross references
म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”
जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।
“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।
परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ।
त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।
म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”
तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’
परमप्रभु मेरा मालिक भन्नुहुन्छ ‘म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”
परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।
तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।
सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।