तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
Cross references
तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ।
अनि यदि कुनै मानिसले अर्को मानिसलाई चोट ल्याउँछ। त्यस मानिसलाई पनि चोट नै पारि दिनुपर्छ।
हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।
यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड उत्पन्न गराइ दिनुभयो।
परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)
तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोडनेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्।
त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।
“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई र्भत्सना नगर, अनि अरूले पनि तिम्रो र्भत्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।
यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ।यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरुसंग धैर्य र विश्वास हुनुपर्छ।
तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।”