Home Bibles गन्ती 5:3 · नेपाली बाइबल
गन्ती 5:3 · नेपाली बाइबल

म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”

Cross references

लेवी 15:31

“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”

लेवी 26:11

तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

गन्ती 19:22

प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”

गन्ती 35:34

म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”सलोफादकी छोरीहरूको देश

व्यवस्था 23:14

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।

व्यवस्था 23:15

“यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन।

1 राजा 7:3

खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए।

भजनसंग्रह 68:18

उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।

यशैया 12:6

हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!

हाग्गै 2:13

त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

1 कोरिन्थी 5:7

बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।

2 कोरिन्थी 6:16

परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

2 थिस्सलोनिकी 3:6

दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिंदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्।

तीतस 3:10

यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।

हिब्रू 12:15

सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।

2 यूहन्ना 1:10

यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।

प्रकाश 21:3

मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।

प्रकाश 21:27

नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

Interlinear

Choose Theme